काठमाडौं । नेपाली कांग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरू अहिले निर्वाचन लक्षित प्रचार अभियानमा जिल्लामा व्यस्त छन् । औपचारिक अभियान आइतबारदेखि सुरु भए पनि त्यसको तयारीको लागि चार÷पाँच दिन अघि नै धेरैजसो नेताहरू जिल्ला पुगेका थिए । पार्टीले खटाएअनुसार नै उनीहरू चुनावी प्रचारमा होमिएका हुन् ।
केही केन्द्रीय सदस्यले आफ्नै निर्वाचन क्षेत्र वा आफ्नै गृहजिल्लामा समेत पुगेर गाउँ, घर र टोलमा कार्यकर्ता र स्थानीय भेट्ने अवसर प्राप्त गरेका छन् । कांग्रेसले अहिले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र पार्टी पदाधिकारीलाई भने प्रचार अभियानमा सहभागी हुन अनिवार्य गरेको छैन ।
त्यस्तै केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले पनि अन्य नेतालाई प्रतिनिधिको रुपमा पठाएका छन् ।
चुनावी प्रचार अभियानको सुरुवाती चरणमा नेतृहरूको सक्रियता पनि राम्रै देखिएको छ । सरिता प्रसाईं इलाम, सीता गुरुङ संखुवासभा, सुशीला शर्मा ढकाल भोजपुर, कल्पना चौधरी खोटाङ, माया राई सोलुखुम्बु, सरस्वती बजीमया ओखलढुंगा, मञ्जु खाँड धनुषा र नगिना यादव सर्लाहीमा पुगेर चुनाव लक्षित विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
यस्तै जावेदा खातुन बारा, मुक्ताकुमारी यादव सिन्धुली, उर्मिला केसी काभ्रेपलाञ्चोक, गंगालक्ष्मी अवाल सिन्धुपाल्चोक, रमा कोइराला पौडेल रसुवा, अम्बिका बस्नेत ललितपुर, नानु बास्तोला गोरखा, अन्जली श्रेष्ठ लमजुङ, प्रतिमा गौतम पर्वत र चम्पादेवी खड्का म्याग्दी पुगेर चुनाव लक्षित कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
यस्तै सरस्वती अर्याल तिवारी पाल्पा, शान्ति परियार अर्घाखाँची, रुपा बिक रुकुम पुर्व, सुशीला थिङ रुकुम पश्चिम, जानकी सिंह दैलेख, सीताकुमारी राना अछाम र ईश्वरी न्यौपानेले डडेलधुराका विभिन्न स्थानीय तहमा पुगेर अभियानको थालनी गरेका छन् ।
नेतृ न्यौपाने औपचारिक रुपमा अभियान प्रारम्भ हुनुभन्दा तीन चार दिनअघि नै डडेलधुरा पुगेकी थिइन् । उनले एक महिनाको अवधिमा जिल्लाका ७ वटै स्थानीय तहका ५२ वटै वडामा औपचारिक , अनौपचारिक कार्याक्रम गर्ने गरी तयारी गरेकी छन् ।
कांग्रेसले गरेका राम्रा काम र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको भ्रम र यथार्थ प्रष्ट पारिदिन कार्यकर्ताले आग्रह गरेका उनले न्युज कारखानासँग बताइन् । पार्टी पदाधिकारी र पार्टीको तर्फबाट प्रतिनिधिसभा महिला सदस्य पनि अनुकुल समयमा प्रचार प्रसारमा पुग्ने योजनामा छन् ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पर्सी २ चैत बुधबार बस्ने प्रतिनिधिसभा बैठकपछि जिल्लाका कार्यक्रममा सहभागी हुने बताइन् ।
‘कुन जिल्ला र स्थानीय तहको कार्यक्रममा सहभागी हुने भन्ने अहिले नै तालिका बनाइसकेको छैन । तर, पर्सी बुधबारको संसद बैठकपछि म पनि अभियानमा सहभागी हुनेछु,’ भुसालले न्युज कारखानासँग भनिन् ।
यस्तै पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव पनि केही दिनपछि अभियानमा खटिने तयारीमा छिन् । अहिले प्रतिकुल स्वाथ्य अवस्थाको कारण आराम गरीरहेकी यादव अभियानमा खटिएर सफल पार्ने योजनामा छिन् । अभियानमा खटिएका नेताले आगामी स्थानीय तहको निर्वाचनलाई लिएर नेता कार्यकर्तामा उत्साह भेटिएको बताएका छन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend