उदयपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् ।
घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन ।
उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ ।
परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए ।
मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।
नेता शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन पहिला आफ्नो नेपाली कांग्रेसलाई बजबुद बनाउन आग्रह गरे । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेस उदयपररले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । पार्टीले टिकटको लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई हैन, राम्रालाई जिताउँने आधारहरु देखेर मात्र पार्टीले उम्मेदवारी दिने छ, उनले भने ।
केन्द्रीय सदस्यहरु प्रदिप सुनुवार, लक्ष्मी परियार, नारायण कार्की, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली काग्रेस जिल्ला सभापति प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की क्षेत्रीय सभापतिहरु खगेन्द्र राई, रामकुमार राई, पूर्व जिल्ला सभापति अर्जुन खड्का लगायतले उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी पार्टी प्रबेश गर्नेहरुलाई महामन्त्री शर्माले स्वागत गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend