Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङ्देनकाे चेतावनी- राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं


    सोमबार, फाल्गुन ३० २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफूले हलो चुनाव चिह्न नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

    सोमबार बर्दियामा भएको कार्यक्रममा लिङ्देनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनाव नै हुन नदिने चेतावनी दिएका हुन् ।

    ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन’ अध्यक्ष लिङ्देनले भने ।

    राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन समेत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार