Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेता प्रदीप यादवलाई गरिएको कारबाही फुकुवा


    सोमबार, फाल्गुन ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ ।

    फागुन १३ गतेदेखि बसेको जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

    यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

    पर्सा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार