Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सर्वसाधारणहरुले घर छाडे


    सोमबार, फाल्गुन ३० २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ ।

    तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ । 

    भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो । मानिसहर त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ ।

    भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ  । 

    भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार