Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाश सपुतलाई माओवादीकाे चेतावनी- गीत युट्युबबाट नहटाए आवश्यक कार्वाही गर्छौं


    आइतबार, फाल्गुन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादित बनेको छ ।

    युट्युबको ट्रेन्डिङमा रहेको उक्त गीत सार्वजनिक भएसँगै माओवादीबाट यसको चर्को आलोचना भइरहेको छ । 

    गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा ‘दीपशीखा’, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह लगायतले गीतको विरोध जनाउदै युट्युबबाट हटाउन दबाब दिएका छन् । यदि गीत युट्युबबाट नहटाएर आवश्यक कार्वाही गर्ने समेत चेतावनी दिएका छन् ।

    गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै माओवादीका नेताहरुले विरोध जनाइरहेका छन् ।

    त्यस्तै नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष सिंहले गायक सपुतलाई गीत हटाउन चेतावनी दिँदै सर्वाजनिक माफी मागेर तत्काल गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् । यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् ।

    ps-1-768x431.jpg
    rp-1.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार