सिन्धुपाल्चाेक । कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ । चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ । शनिबार पहिलाे चरणकाे मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलाे र दाेस्राे धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेकाे हाे ।
दाेस्राे चरणबाट बाहिरिएका डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गरेर लामाले आफ्नाे समर्थन वंशलाललाई रहेकाे प्रस्ट पारेका छन् ।
‘राजनीतिक निष्ठा, वैचारिक इमानदारिता र पार्टीप्रतिको प्रतिवद्धतामा यहाँहरूले जाहेर गर्नुभएको मतको मैले उच्च सम्मानको रूपमा लिएको छु,’ उनले भने, ‘लाेकतान्त्रिक प्रणालीअन्तर्गत हामीले जुन अभ्यास गर्याैं, त्यसले हामीलाई उच्च राजनीतिक संस्कारमा प्रवेश गराएको छ ।’
नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाला तामाङलाई सहयोग गर्ने उनले बताए । लामाले पार्टीमा विभेद, निषेध र गैरराजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् । पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका छन् ।
शनिबार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुरले सात सय पाँच मत प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याए । ४० मत बदर भएको थियाे । सभापतिमा उठ्नकै लागि लामाले त्रिविकाे उपप्रध्यापकबाट राजीनामा दिएका थिए । तर अन्तिम समयमा माेहनबहादुर बस्नेतले लामालाई आधिकारिक उम्मेदवारकाे टिकट नदिई जंगबहादुरलाई दिएका थिए । यदि प्रेमध्वज लामालाई मत दिने सबैले वंशलाललाई मत हाले सिन्धुपाल्चाेकमा संस्थापन पक्ष पराजित हुने सम्भावना छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend