पोखरा । आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेद्वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सन्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुको आकांक्षा छ ।
कस्तो छ अवस्था ?
पोखरा महानगरपालिकामा साविकको एमाले सबैभन्दा बलियो पार्टी हो । मानबहादुर जिसी मेयरमा निर्वाचित हुँदा कांग्रेसका उम्मेद्वार १४ हजार मतान्तरले हारेका थिए । उपमेयरमा १२ हजारको मतान्तर थियो । त्यसमाथी मेयरमा माओवादीको समर्थन कांग्रेसलाई थियो । अहिले एमालेभित्रै माधव नेपालको एकीकृत समाजवादी पार्टी पोखरामा पनि विभाजित भएको छ । देखिने गरी धेरै नेता कार्यकर्ता नभएपनि पार्टी फुटेपछि त्यतिबेलाको मत तलमाथि पक्कै हुनेछ ।
२०७४ को स्थानीय चुनावपछि पोखरामा मात्रै करिब ४० हजार मतदाता थपिएका छन् । त्यसैले चुनावी परिणामको पूर्वानुमानमा हतार गर्नु राम्रो होइन । स्थानीय निर्वाचनको नतिजा उम्मेद्वारमा समेत भर पर्छ । एमाले फुटेपनि कास्कीमा जनता समाजवादी पार्टीबाट धेरै नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । नेपालको राजनीतिमा जनता र मतदाता सधैँ सत्ताको विपक्षमा उभिने भएकोले केही मत त्यहाँबाट पनि तलमाथी हुन्छ । समग्रमा हालसम्मको अवस्था हेर्दा पोखराको भावी मेयर पनि सम्भवतः एमालेकै भागमा पर्न सक्छ ।
को को छन् आकांक्षी ?
हालका मेयर मानबहादुर जिसी बिरामी छन् । उनले मेयर दोहोर्याउने सम्भावना निकै कम छ । त्यसैले एमालेबाट अहिलेकी उपमेयर मन्जुदेवी गुरुङ मेयरको प्रमुख दाबेदार हो । त्यसो त गुरुङ अघिल्लो निर्वाचनमै सामान्य आंकलनभन्दा बाहिरबाट आएकी थिइन् । एमालेले आन्तरिक प्रतिस्पर्धा गरेर उम्मेद्वारको सिफारिस केन्द्रमा पठाएको थियो । तत्कालीन समयमा प्रभा कोइरालाले सबैभन्दा बढी मत ल्याएकी थिइन्, कोइरालाको सट्टा गुरुङले टिकट पाइन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मितिनी भएकोले सम्भावना बढी छ । जिसी भने सर्वाधिक मत ल्याएरै मेयरको टिकट पाएका हुन् ।
एमालेबाट होटल व्यवसायीसमेत रहेका भरत पहारी, पुष्प अधिकारी, दीपक पौडेल, भीम कार्कीसहित प्रदेश सांसदहरू कृष्णबहादुर थापा, राजीव पहारी पनि मेयरको चर्चामा छन् । तर सांसदहरूले मेयरको टिकट पाउँदा आफ्नो पद राजीनामा दिनुपर्छ । उपमेयरमा भने अहिलेसम्म खासै चर्चा सुनिएको छैन । केन्द्रीय सदस्य मिना गुरुङले दुईमध्ये एक पदका लागि लविङ गरिरहेको सुनिन्छ । ‘अहिलेसम्म हेर्दा पोखरालाई चलाउन अनुभव, ज्ञान, सीप र अन्तर्राष्ट्रिय समन्वयसमेत आवश्यक देखियो । त्यो सबैलाई जगजाहेर भइसकेको कुरा हो,’ सांसद थापा भन्छन्, ‘मेरो आकांक्षाभन्दा पनि पोखरेलीहरुले नै अब तपाईं आउनुपर्छ भन्नुभएको छ । पार्टीले के निर्णय लिन्छ हेरौं ।’ उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरसमेत हुन् ।
कांग्रेसबाट यसअघि मेयरका उम्मेद्वार रामजी कुवँरको निधन भएको छ । यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ अहिले मेयरका लागि प्रमुख दाबेदार हुन् । शेरबहादुर देउवानिकट मानिने गुरुङ मेयरको टिकटका लागि दौडधुप गरिरहेकी छिन् । अधिकांश नेताहरू पराजित भएपछि हराउने चलनका अपवाद गुरुङ टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय छिन् । उनलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ ।
‘टिकटका लागि सबैले प्रयास गर्छन् र गर्नुपर्छ । उपमेयरमा पराजित भए पनि मैले सक्रियता छोडेको छैन,’ उनले भनिन्, ‘महिला पनि मेयर बन्न सक्छन् भन्ने उदाहरण पेस गर्न मन छ । मेयर बनेर पोखरालाई व्यवस्थित सहरको रुपमा स्थापित गर्ने मेरो चाहाना हो ।’ कांग्रेसबाट हाल प्रदेशका सन्चार तथा कानुनमन्त्री विन्दुकुमार थापा मेयरमा उठ्ने तयारीमा रहेको बुझिएको छ । ‘मन्त्रीबाटै राजीनामा दिएर चुनाव लड्ने कुरा त्यति राम्रो नहोला तर पार्टीले उपयुक्त ठान्यो भने म मेयरको आकांक्षी हुँ,’ उनले भने ।
उनले मेयरकै तयारी स्वरुप स्थानीय स्तरमा आफ्ना गतिविधि तीव्र पारेका छन् । उनलाई मन्त्रीबाट फिर्ता बोलाएर मेयरको उम्मेद्वार बनाउँदा पार्टीभित्रै असन्तुष्टि बढ्ने देखिन्छ । भर्खरै कांग्रेस छिरेका व्यवसायी गणेशबहादुर भट्टराई, निवर्तमान जिल्ला सभापति कृष्ण केसी, पुर्वमन्त्री यज्ञबहादुर थापा र महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, पत्रकार गंगाधर पराजुली लगायतले दाबी गरेका छन् । त्यसबाहेक पूर्व मेयर सूर्यबहादुर केसीका छोरा किरण केसी पनि महानगरको नेतृत्व लिने दाउमा छन् ।
माओवादीबाट विश्वप्रकाश लामिछाने प्रमुख दाबेदार हुन् । उनले यसअघि पनि टिकट पाएर अन्तिममा कांग्रेसलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिएका थिए । उपमेयरमा पराजित गोमा ढकाल अहिले राजनीतिमा खासै सक्रिय छैनन् । प्रदेश सांसद दीपक कोइराला, बखानसिंह तमु लगायत नेताहरू टिकटको लविङमा छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य र पूर्वजिविस उपसभापति समेत रहेका श्रीनाथ बरालको नाम चर्चामा छ । तर सत्ता गठबन्धन कायम रहे निर्वाचनमा उम्मेद्वारहरु फरक पनि हुन सक्छन्
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend