Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्चीको पानी चैतभित्रै काठमाडौंमा


    आइतबार, फाल्गुन २९ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले नयाँ वर्षअगावै अस्थायी रूपमा भए पनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । बाढीले क्षति पु-याएको भागमा पुनर्निर्माण जारी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाउँदै अस्थायी रूपमा भए पनि नयाँ वर्ष अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।

    गत १ असारको बाढी पहिराले ठूलो क्षति पुगेपछि त्यसयता काठमाडौं उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाएका छैनन् ।

    मेलम्ची खानेपानी आयोजनाको क्षति पुगेको ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विस्फोट गराएर नदी सफाइ गर्ने काम गर्दै आएको छ । समितिले हालसम्म पुनर्निर्माण गर्ने काम ६० प्रतिशत सकिएको जनाएको छ ।

    मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी लैजाने तयारीमा आफूहरू पुगेको बताए ।

    उनका अनुसार, आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य रहेको तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको छ ।

    अहिले अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट नम्बर १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले त्यसलाई केन्द्रित गरेर मर्मतको काम गरिएको छ ।

    समितिले गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले त्यसमा थप मर्मतको काम सुरु भएको जनाएको छ । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार