Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए


    आइतबार, फाल्गुन २९ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ ।

    शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे ।

    पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

    अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ । प्रेमध्वज बाहिरिएका छन् ।

    कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार