Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धन प्रति ओलीकाे व्यङ्ग्य- कतै ब्याउने गोरु नेपालमा ब्याएर ५ वटा बाच्छा जन्मायाे


    शुक्रबार, फाल्गुन २७ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढालेकाे आराेप लगाएका छन् । 

    शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले अमेरिकी षडयन्त्रकै कारण संविधान बाहिर गएर प्रगतिशील सरकारलाई ढालेकाे आरोप लगाएका हुन् ।

    सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे ।  

    उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने बताउँदै जनादेशको माखौल उडाइएको भन्दै आलाेचना समेत गरे ।

    ‘जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ।’ उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । 

    ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भनेर तर नेपालको सर्वोच्च अदालतमा ब्यायो । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’ उनले भने ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार