काठमाडौं । सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत्को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको हाे ।
पञ्चाङ्ग समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले अब छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको समेत जानकारी दिएका छन् ।
चैत १५ गतेदेखि नारायणहिटी दरबार परिसरमामा सुरूहुने उक्त तालिममा सबै जाति, लिंग र सम्प्रदायका मान्छेले सहभागिता जनाउन सक्छन् ।
६ महिनासम्म चल्ने छ तालिम हरेक दिन अपराह्न ४ बजेदेखि २ घण्टासम्म चल्ने छ । सहभागिताको लागि ६ महिनाको १५ हजार शुल्क तोकिएको छ ।
यो प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरुको न्युनतम योग्यता नतोकिएको ढुंगेल बताउँछन् । सामान्यतया संस्कृत शब्द उच्चाहरण गर्न सक्ने जोकोही पनि तालिममा सहभागी हुन पाउने समितिले जनाएको छ ।