Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फुङ्लिङ आगलागी, वृद्धाकाे मृत्यु


    शुक्रबार, फाल्गुन २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आगलागी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ ।

    कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

    सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

    स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार