काठमाडौं, ३ चैत । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७६ फागुन २६ मा कोरोना भाइरसको सन्त्रासका बीच बजारमा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिलाई लिएर कोही पनि चिन्तित हुनुनपर्ने भाषण गरे । तर बजारमा खाना पकाउने ग्याँसको हाहाकार सुरु भएको छ । ग्याँसका लागि उपभोक्ताहरु लाइनमा बस्नुपरेको छ । पैसा हुनेहरुले त महिनौका लागि भण्डारण गरिसकेका छन् । तर दिनहुँ मजदुरी गर्नुपर्नेहरु सबैभन्दा मारमा परेका छन् । टोलटोलमा ग्याँस पसलअगाडि लाइन लागेको छ ।
कपनको पंचकन्या चोकको ग्याँस पसलमा सोमबार बिहान ग्याँसका लागि लामो लाइनमा बसेकाहरुले उद्योग मन्त्री भट्टको भाषणलाई कुन रुपमा लिएका छन् । लाइनमा उभिएका उपभोक्तामध्येकी गृहणी सीता बरालले भनिन्–‘उद्योगमन्त्रीको भाषण सुनियो, दशैसम्म मौज्दात छ भन्नुभयो तर खोई त बजारमा छैन । हामीले ग्याँस नभएर खाना पकाउन पाएका छैनौं, यो पसलमा ग्याँस आएको सुनेर लाइन लागेका छौं, पाइन्छ कि पाइँदैन ?
उद्योग मन्त्री भट्टले सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा मुलुकको आपूर्ति व्यवस्था सहज रहेको बताउँदै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका हुन् । तर उनको आपूर्ति ब्यवस्था सहज रहेको भनाइलाई ग्याँसको लाइनले नै झुट सावित गरेको छ ।
कोरोनाको त्रास र भारतले नाकामा आवतजावत बन्द गरेको समाचारले ग्याँस, खाद्यान्न भण्डारण गर्ने उपभोक्ता र कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने क्रम बढेको छ । सरकारले कालोबजारी गर्नेहरुलाई रोक्न सकेको छैन । उपभोक्तालाई कोरोनाका कारण उपभोग्य सामान आयातमा कुनै अवरोध नभएकोबारेमा आश्वस्त पार्न नसक्दा पनि कृत्रिम अभाव हुन गएको छ ।
उद्योग मन्त्री भट्टले भनेका थिए– ‘कोरोनालाई लिएर बजार अभाव र आपूर्तिबारे कुनै शंका गर्नुपर्दैन । पहिले जस्तो थियो अहिले पनि बजार उस्तै छ । सहज आपूर्ति भइरहेको छ,’ खाद्यान्नतर्फ त समस्या छँदैछैन । आउँदो दशैंसम्म धान्ने खाद्यान्न हामीसँग स्टोर छ । अहिलेको अवस्थामा धान मात्र २० हजार मेट्रिक टन स्टोर छ ।’
तर उनको भनाइविपरीत उपभोक्ताहरुले ग्याँस पाउन नसकेर घन्टौं लाइनमा बस्नुपरेको छ ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend