Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीसहित सरकारका सबै मन्त्रीहरुद्वारा अंगदान गर्ने घोषणा


    शुक्रबार, फाल्गुन २७ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताइन्। 

    विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री झाँक्रीको भनाइ छ ।

    साथै, झाँक्रीले आफ्नो निर्णयबारे जानकारी दिँदै फेसबुकमा पोस्ट समेत गरेकी छन्।

    उनले लेखेकी छन्,’दुई आँखा, दुई किड्नी, फोक्सो, फ्याङ्क्रियाज, सानो आद्रा, मुटु, कलेजो, जस्ता मानव अंग मृत्‍ यु पश्चात अर्को ब्यक्तिलाई काम लाग्छ त्यसैले मानव अंग दान गरौ भन्ने सन्देश सहित आज विश्व किड्नी दिवश मनायौ । यो अबसरमा नेपाल सरकारले मानव अंग दान गर्न आह्वान गरेको छ।मैले पनि अरूलाई काम लाग्ने मेरा सुन्दर अंग दान गर्ने घोषणा गरे।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार