Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी र करिश्माबीच भेटवार्ता, एमाले प्रवेश गर्ने मानन्धरकाे तयारी


    बिहिबार, फाल्गुन २६ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले पार्टीमा प्रवेश गर्ने तयारी गरेकी छन् ।

    बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँगै बालकोट पुगेकी अभिनेत्री मानन्धरले आफू एमाले प्रवेश गर्ने तयारीमा रहेकाे जानकारी दिइन् । 

    यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।

    ओलीसँग बिहीबार भएकाे छलफलपछि करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’

    उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार