Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फागु पर्व आजदेखि विधिवत रुपमा सुरु, बसन्तपुरमा चीर ठड्याइयो


    बिहिबार, फाल्गुन २६ २०७८
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । सांस्कृतिक एवं परम्परागत फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ ।

    प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।

    काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

    फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते  मनाइँदैछ।

    करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ।  

    फागुन शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्‍याएर दहन गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि फागु पर्व सकिएको मान्ने परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार