Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस चौतारीको महाधिवेशन भाेलिदेखि, कार्यतालिका सार्वजनिक


    बिहिबार, फाल्गुन २६ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदैछ ।

    शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ । 

    शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेकाे छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएकाे छ ।

    २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेकाे हाे । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार