Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल बारको अध्यक्षमा आठ जनाको उम्मेदवारी


    बिहिबार, फाल्गुन २६ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् ।

    अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए  ।

    यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका थिए ।

    कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन् ।  आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार