Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले प्रवेश गरे रंगेलीका मेयर र उपमेयर


    बुधबार, फाल्गुन २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । एमाले अध्यक्ष केपी ओलीले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गराएका छन्। 

    एमाले स्राेतका अनुसार मेयर र उपमेयरसहित केही वडाध्यक्ष पनि प्रवेश गरेको छन् ।

    माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया आफ्ना समर्थकहरुसहित एमाले प्रवेश गरेका हुन् । नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए ।

    माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार