Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • माधव नेपाल भन्छन्- ओलीमा अझै आफु निकै शक्तिशाली रहेको भन्ने भ्रम छ, जुन स्थानीय निर्वाचनले तोड्छ


    बुधबार, फाल्गुन २५ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भन्ने भ्रम भएकाे टिप्पणी गरेका छन् ।

    पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताएका हुन् ।

    ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौं भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

    यस्तै नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको समेत बबताएका छन् । 

    ‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई  तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालफफे भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार