काठमाडौं । राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिट प्रदेशबाट निर्वाचित भइसकेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको एक सिट पूर्ति हुन बाँकी छ ।
राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा नेपाली कांग्रेसभित्र धेरैं आकांक्षी देखिएका छन् । पछिल्लो पटक कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठले नै राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा जाने इच्छा प्रधानमन्त्री शेरबहादुर देउवासममक्ष प्रकट गरेको कांग्रेस बृत्तमा चर्चा छ ।
गोपालमान श्रेष्ठ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर दुईबाट पराजीत भएका थिए । कांग्रेसभित्रकै अन्तर्घातका कारण उनी निर्वाचनमा पराजित भएको महसुस गर्दैआएका छन् । अब पनि उनले स्याङ्जाबाट टिकट पाएमा अन्तर्घात दोहोरिने भएकाले उनी राष्ट्रियसभामा ६ बर्षसम्म सांसद हुने निष्कर्षमा पुगेको कांग्रेसकै एक नेताले बताए ।
राष्ट्रियसभाको मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत हुने पदका लागि कांग्रेसभित्र अरु पनि आकांक्षी देखिएका छन् । कलाकार निर शाहले पनि तीव्र चाहना राखेका छन् । उनले छोरी आकांक्षा शाहमार्फत् कांग्रेस केन्द्रीय सदस्य तथा अहिलेकी शक्तिशाली महिला डा. आरजु राणा देउवासँग पनि लबिईङ गराउँदैआएका छनु । कलाकार शाह ३ बर्षअघि २०७६ बैशाखमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यका लागि अमुदा श्रेष्ठको नाम पनि चर्चामा छ । प्रधानमन्त्री देउवाले २०७४ माघमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाका ३ सदस्यमा प्राध्यापक अमुदा श्रेष्ठ, गोपाल बस्नेत र कृष्ण पौडेलको नाम सिफारिस गरेका थिए ।
कांग्रेसले निर्वाचनमा पराजय भोगेको र नेकपाले दुईतिहाईको नजिक बहुमत ल्याएकाले राष्ट्रपति विद्या भण्डारीले देउवाको मन्त्रिपरिषदले गरेको सिफारिस कार्यान्वयन गरिनन् । त्यतिबेला सिफारिस भएकामध्ये गोपाल बस्नेत र पौडेल गएको माघ १२ गतेको राष्ट्रियसभाको निर्वाचनमा क्रमशः प्रदेश १ र बागमती प्रदेशबाट निर्वाचित भइसकेका छन् । अमुदा श्रेष्ठलाई पनि राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेका छन् । त्यसो त चितवनका पुराना कांग्रेस नेता केशव कँडेलले पनि राष्ट्रियसभा सदस्य हुने चाहना प्रकट गरेका छन् ।
कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्–‘राष्ट्रियसभा सदस्यका लागि जति आकांक्षीहरुले चाहना राखे पनि गोपालमानको इन्ट्री हुने चाहनापछि ब्रेक लाग्ने संभावना छ । किनकि देउवाले गोपालमानको चाहना पूरा नगर्न असंभव छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend