Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहाना रुस–युक्रेन युद्ध : सर्वसाधारणलाई दैनिक भान्सा चलाउनै मुस्किल


    बुधबार, फाल्गुन २५ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बढ्दो मूल्यवृद्धिका कारण सर्वसाधारणलाई दैनिक भान्सा चलाउनै मुस्किल हुँदै गएको छ । तर, पनि सरकारले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पहल गरेको छैन । अहिले व्यापारी तथा बिचौलियाहरूले विभिन्न बहाना बनाएर आमउपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन्।

    व्यापारीहरूले सात समुद्रपारिको युक्रेन र रसियाबीचको द्वन्द्वलाई बहाना बनाएर पेट्रोलियम पदार्थ, सुन र खाने तेल मात्र नभएर हरेक वस्तुमा मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । उनीहरूले यी मुलुकबाट आयात हुने सामानको मूल्य बढेकै कारण यहाँको बजारमा पनि त्यसको असर परिरहेको बताएका छन् ।

    युक्रेन–रसिया युद्धलाई लिएर व्यापारी एवं बिचौलियाहरूले खाने तेललगायत हरेक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । युद्ध सुरु भएपछि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५० रुपैयाँ पुगिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा प्रयोग हुने कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेका कारण त्यसको असर नेपालमा परेको हो । हाल नेपाली बजारमा सुनको मूल्य पनि अत्यधिक रूपमा बढेर अहिलेसम्मकै सबैभन्दा धेरै प्रतितोला छापावाल सुन १ लाख ३ हजार रुपैयाँ पुगेको छ।

    हाल व्यवसायीले दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, खानेतेल, पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, पेन्ट, पाइप तथा मूल्यवृद्धि गरेका छन् । यो मूल्यवृद्धि मुलुकको इतिहासमै सबैभन्दा बढी भएको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार