Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि


    बुधबार, फाल्गुन २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

    बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

    पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल श्रेष्ठले बताए। 

    पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार