Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता


    मंगलबार, फाल्गुन २४ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एकक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्‍याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्। । 

    विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उनले सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

    यसैबीच संघको  निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि साेमबारदेखि  सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आजसम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार