Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश


    मंगलबार, फाल्गुन २४ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।

    क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएकाे कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए ।

    सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार