Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस जुट्याे निर्वाचन लक्षित अभियानमा, देउवाले थाले छलफल


    मंगलबार, फाल्गुन २४ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ । 

    अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

    मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले छलफल गरेको केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन् ।

    पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँथै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार