Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यरातमा ट्रक रोकेर चालकलाई कुटपिट गर्ने युवाहरू पक्राउ


    मंगलबार, फाल्गुन २४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।

    व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

    पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।

    आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ क २६६३ नम्बरको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए।

    उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए।

    घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नम्बरको स्कुटर र प्र०२–००–०००३प १८९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार