Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चापागाँउमा महिलालाई उद्यमी तालिम


    मंगलबार, फाल्गुन २४ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चापागाउँ । महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् ।

    उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् ।

    प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने रहेको बताए । गाेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनाेटपछि २८ जना तालिम दिन लागेको बताए ।

    तालिम कार्यकमकी संयोजक निर्मला क्षेत्रीले २१‍औँ शताव्दीका महिला आत्मनिर्भर हुन उद्यममा लाग्नुपर्ने बताइन् ।

    बाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आमा उद्यमी भएकै कारण आफू उद्यमी बन्न सकेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार