Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन-रुस युद्ध: रुसी उच्च सैन्य अधिकारी मारिए


    मंगलबार, फाल्गुन २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौँ । युक्रेनमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका छन्। 

    युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी ‘उच्च सैन्य अधिकारी’ मारिएका हुन्। 

    यद्यपि यस विषयको पुष्टि भने भइसकेको  छैन । यता रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्।

    युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन्।

    कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ।

    युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए।

    ‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात्’ उनले पदक प्राप्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार