Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसनिकट कर्मचारी युनियनको महाधिवेशन सम्पन्न, गोपाल पोखरेल पुनः अध्यक्षमा निर्वाचित


    मंगलबार, फाल्गुन २४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनले गोपालप्रसाद पोखरेललाई नै पुनः अध्यक्ष निर्वाचित गरेको छ । सुरेन्द्र अधिकारी र सुशील केसीलाई पराजीत गर्दै पोखरेल अध्यक्षमा निर्वाचित गरेको हो । युनियनको  महासचिवमा जनकबहादुर रावल दुर्गा फुयाँललाई पराजीत गर्दै निर्वाचित भएका छन् ।

     फागुन २१ देखि २३ सम्म भएको महाधिवेशनले पोखरेलको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । युनियन नेपाली कांग्रेसनिकट कर्मचारी संगठन हो ।  

    युनियनको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुल्ला उपाध्यक्ष यज्ञवहादुर ओली, प्रदेश अध्यक्षहरुमा क्रमशः मानबहादुर वन, मधेश प्रदेशमा राजकिशोर राउत,  बागमती प्रदेशमा श्रीराम लम्साल, गण्डकी प्रदेशमा(दीपक रेग्मी, लुम्बिनी प्रदेशमा मदन गौतम, कर्णाली प्रदेशमा चन्द्रबहादुर खड्का, सुदूरपश्चिम प्रदेशमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।

    त्यसैगरी संघीय अध्यक्षमा तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्ष( पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सेजुवाल र श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला निर्वाचित भएका छन् । 

    उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारी, खुल्ला सचिवहरुमा कुलप्रसाद भट्टराई, जगतवहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल निर्वाचित भएका छन् । युवा सचिवमा भूपेन्द्र अधिकारी, जनजाति सचिवमा शान्तराज राई, मधेसी सचिवमा चिन्तन अचार्यमा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् ।

    युनियनको अध्यक्षमा निर्वाचित पोखरेल पहिलो पटक अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसको रामचन्द्र पौडेल पक्षधर थिए । तर यो पटक संस्थापन पक्ष निकट भएर उनी निर्वाचित हुन सफल भएका छन् । युनियनका पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा सुरेन्द्र अधिकारीको पक्षमा लागे पनि पोखरेल बिजयी हुन सफल भए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार