Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै


    मंगलबार, फाल्गुन २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । परराष्ट्रमन्त्री डा नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् ।  टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।

     २७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

    नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काकाे भ्रमण हुन लागेकाे हाे । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ । यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार