Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा एकै परिवारका ५ जनाले गरे आत्महत्याको प्रयास, ‘सुसाइड’ नोट भेटियो


    मंगलबार, फाल्गुन २४ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँच जनाले आत्महत्याको प्रयास गरेका छन् ।  

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका हुन । घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुसन्धानमा देखिएको छ।

    बेहोस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । घटनास्थलबाट ‘सुसाइड’ नोटसमेत बरामद भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार