काठमाडौं । प्रहरीले अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ ।
अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेपछि प्रहरीले काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
थापाको तर्फबाट उनकी दिदी तारा थापाले दर्ता गराएकाे जाहेरीमा पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उल्लेख छ ।