Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवामा शीत भण्डार निर्माण


    सोमबार, फाल्गुन २३ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । रसुवाको कालिका गाउँपालिका-२ मा निमार्णाधीन शीत भण्डारन गृहको निमार्णको काम सम्पन्न भएको छ । ३०० मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले बताए ।

    बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतीशत तथा कालिका गाउँपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा तीन करोड ७० लाख ३५ हजार ३३५ रुपैयाँमा दुई तले शीत भण्डारण गृहको निमार्णको काम पूरा भएको हो ।

    एक वर्षअघि नै निमार्ण सम्पन्न गरिसक्नु पर्ने भए पनि कोरोना महामारीका कारण सामान तथा कामदार बाहिरबाट ल्याउन नसक्दा निर्माण एक वर्षपछि धकेलिएको निर्माणको जिम्मा पाएको ईजी इन्फ्रा प्रालिले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार