काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत र एक जना गम्भीर अवस्थामा फेला परकाे महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ ।
ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।