Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युएईस्थित नेपाली दुतावासको सेवा अनिश्चितकालीन बन्द


    सोमबार, चैत्र ३ २०७६
    890
    Shares
  • २ मिनेट पाठ
  • युएई । नोभेल कोरोना भाइरसले यूएईस्थित नेपाली दूतावासको सेवा अनिश्चित कालको लागि बन्द भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको र त्यसको प्रभाव यूएईमा समेत देखिन थालेको अवस्थामा दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चित समयसम्मका लागि बन्द गरेको हो ।

     दुतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो । आइतबार सूचना जारी गर्दै चैत ४ गतेदेखि अर्को सूचना जारी नहुदासम्म यो सेवा बन्द रहने दूतावासले जानकारी दिएको छ ।

    ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन भइरहने दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले बताइन् ।

    नेपाल सरकारले फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रमस्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

    दूतावासको तथ्यांक अनुसार यूएईमा हाल २ लाख ७५ हजार नेपाली कार्यरत छन् । यूएईमा दुईजना नेपालीमा कोरोनाको सक्रमण देखिएको थियो । उपचार गराइरहेका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार