Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे: एमाले उपमहासचिव ज्ञवाली


    सोमबार, फाल्गुन २३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गरेका छन्। 

    नुवाकोटको विदुरमा आइत्बार प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।;

    सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप समेत लगाए। 

    कार्यक्रममा नेता ज्ञवालीसहित स्थानीय नेता तथा बुद्दिजिबीहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार