Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व


    सोमबार, फाल्गुन २३ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा। रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।  

    नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्घिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर याे पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए । 

    वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

    आपसी मेलमिलाप र सदभाबको बिकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाँउका सबै जना भेला भई पुजा आजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार