Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको बैठक समय सऱ्यो, २ बजे बस्ने


    आइतबार, फाल्गुन २२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार ११ बजेको लागि तय गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ ।

    शुक्रबारबाट सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठक आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्दै छ ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ ।

    माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार