Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार


    आइतबार, फाल्गुन २२ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे ।

    शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो । ४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।

    पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एक जना भक्तपुरकालाई प्रत्येक वर्ष एक जनालाई यो पुरस्कारबाट सम्मानित गर्ने जंगले प्रतिवद्धता जनाए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार