Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकुल बाँस्कोटाले दिए गठबन्धनलाई ‘हिस्टोरिया’को संज्ञा


    आइतबार, फाल्गुन २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले गठबन्धनलाई ‘हिस्टोरिया’को संज्ञा दिएका छन्। 

    सांसद बाँस्कोटाले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक ट्वीट गर्दै माओवादी केन्द्रीय कमिटी बैठकलाई कटाक्ष गरेका हुन्। बाँस्कोटाले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रवादको ग्लोरिफाई गर्ने ऐतिहासिक दिन भएको उल्लेख समेत गरेका छन्। 

    ट्वीटरमा बाँस्कोटाले लेखेका छन्, ‘ज्यानभरी किर्ना बोकेर कानमा चमोरो झुन्ड्याउॅंदैन रे कांग्रेस ! कान ठाडै राख है गठबन्धन हिस्टेरिया वाला हो ।आज पुकदाले राष्ट्रवादको ग्लोरीफाइ गर्ने ऐतिहासिक दिन पनि हो । फरकै छैन काजी कमरेडले अब त्यसो नहुने गम्भीर चेतावनीसाथ लायाप्चे ठोक्छन, जसरी झलनाथले पांच घण्टा भाषण ठोकेका थिए !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार