Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डलाई पदाधिकारी छान्न सकस


    आइतबार, फाल्गुन २२ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न नेताहरूसँग आन्तरिक छलफलमा लाग्नुभएको छ ।

    एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बन्दै आउनुभएको थियो । केन्द्रीय कमिटी बैठकमा श्रेष्ठले प्रचण्डको आलोचना गर्दै पार्टीभित्र आफ्नो असन्तुष्टि राख्नुभएको छ । श्रेष्ठको अभिव्यक्तिसँगै एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखापरेको विवाद तत्कालका लागि समाधान भएको एक केन्द्रीय सदस्यले बताए ।

    जारी केन्द्रीय कमिटीको बैठकबाट प्रचण्डले पदाधिकारीको टुंगो लगाउन चाहनुभएको छ । पार्टीको महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनले दाबी गर्नुभएको छ । सम्भवतः शर्मा र पुनमध्ये एक जना महासचिव बन्ने बताइएको छ । महाधिवेशनबाट पदाधिकारी चयन टुंगो लगाउने तयारी भए पनि पुनले आफू स्वास्थ्य उपचार गराएर स्वदेश फर्कन लागेको जानकारी गराएपछि बैठक स्थगित भएको थियो । त्यसलगत्तै कोभिड संक्रणण बढेको भन्दै माओवादीको बैठक अनिश्चित्कालका लागि स्थगित भएको थियो ।

    पार्टीभित्र एमसीसीको विवादका कारण बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत सारिएको थियो । यसरी एकातिर पार्टीभित्र पदाधिकारीका आकांक्षी नेताहरूको व्यवस्थापन पेचिलो भएसँगै पदाधिकारी चयनको काम प्रभावित हुँदै आएको छ भने अर्कोतिर कोभिड संक्रमण, एमसीसी सम्झौतालगायतको कारण केन्द्रीय कमिटीको बैठक नै लम्बिँदै आएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार