Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    शनिबार, फाल्गुन २१ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिवार)को मौसम सामान्यतया सफा रहने जनाएको छ।अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

    आज (शनिबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार