Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड र नारायणकाजीको सम्बन्ध कठिन क्षणमा: पार्टी छोड् भनेकाे भन्दै श्रेष्ठले पाेखे दुखेसाे


    शुक्रबार, फाल्गुन २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध कठिन क्षणमा पुगेको बताएका छन् ।

    शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको दुखेसाे सुनाउँदै आफूहरूकाे कठिन सम्बन्ध क्षणमा पुगेको बताएका हुन् ।

    एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गरेका प्रचण्डले बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै उनले भनेका थिए, ‘कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ?’
     
    श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको भन्ने प्रचण्डको अभिव्यक्तिपछि नारायणकाजी समूहमा पार्टी छाड्नुपर्ने आवाज चर्को उठेको छ ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार