Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको केन्द्रीय समिति बैठक २ घण्टा पछि सर्‍यो


    शुक्रबार, फाल्गुन २० २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए । 

    बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने नेता गुरुङले न्युज कारखानासँग बताए ।  नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो ।  बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । 

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ । 

    नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् । 

    शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार