Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तह निर्वाचनका लागि दर्ता दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली 


    शुक्रबार, फाल्गुन २० २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ ।

    आगामी ३० वैशाखमा तय भएकाे निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो ।

    आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसके पछि २६ फागुनमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी बिरोध गर्नका लागि आह्वानसमेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार