Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वाेच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास


    शुक्रबार, फाल्गुन २० २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । स‌ंवैधानिक इजलास पछिल्लाे पटक १३ असाेजमा बसेकाे थियाे ।

    सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

    १ फागुनमा  जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार