Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देव गुरुङ भन्छन्- राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ


    बिहिबार, फाल्गुन १९ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । 

    बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने । 

    सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा छलफल भएको उनले बताए । 

    बैठकले चारै दलले आ-आफ्नो पार्टीभित्र छलफल गरेर मात्रै पछि सत्ता गठबन्धनले निर्णय लिने निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार