Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री गहतराज भन्छन्- एमसिसीकाे विषयमा नेपाली स्वाभिमान झुक्न दिंदैनाैं


    बिहिबार, फाल्गुन १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् । 

    काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका-७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे। 

    ‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न’ उनले भने। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार